काठमाडाैं । काठमाडौँ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्ड डोजर चलाउँदा टुकुचा खोला फेला परेको छ ।
नक्सा अनुसारको मार्किङका जय नेपाल हलले ओगटेको कम्पाउण्डभित्र १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला गायब भएको थियो । महानगरले केही दिन अगाडी टुकुचा खोला खोल्ने निर्णय गरेको थियो ।
महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले डोजर चलाएको हो ।
FACEBOOK COMMENTS