काठमाडाैं । सरकारले संविधान दिवसका अवसरमा ३१ जना उद्योगी, व्यवसायी तथा बैंकरहरुलाई विभूषित गर्ने भएको छ ।
सरकारले प्रबल जनसेवाश्री पदकमार्फत उनीहरूलाई मानपदवी मार्फत विभूषित गर्न लागेकाे हाे ।
यो पदकमार्फत विभूषित हुनेहरुमा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसीसहित ३ जना बैंकर पनि छन् ।
प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुनेमा उद्योगीहरूकाे नाम निम्नानुसार छ:
बालकृष्ण भुसाल, प्रताप जङ्ग पाण्डे, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध कुमार गुप्ता, महासंघको जिल्ला नगर उपाध्यक्षका दाबेदार सुरकृष्ण वैद्य, शुशिल कुमार गोयन्का, यादव कुँवर, महेन्द्र कुमार श्रेष्ठ, सुनिल कुमार वंशल, भरत प्रसाद पराजुली, विनोद थकाली, ओमकार गौचन, कृषि व्यवसायी गोविन्द प्रसाद थपलिया, बटु लामिछाने, भीम प्रसाद घिमिरे, सीताराम उप्रेती, राजेन्द्र अर्याल, सुरेन्द्र गोयल, चतुर्भुज अग्रवाल, नरेश श्रेष्ठ, टानका निवर्तमान अध्यक्ष खुम सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रेम कुमार श्रेष्ठ, प्रमोद कुमार अग्रवाल, गुणनिधि भण्डारी (माधब), दिपक कुँवर, पवन कुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय र कुमुद कुमार दुगड ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS