काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुनः परिवर्तन गरी प्रकाशन गरेको छ ।
बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाताअन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले सोमबार पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ ।
साथै, बैंकले बचत खाताअन्तर्गतका खाताहरूको ब्याजदर र अन्य खाताको ब्याजदर भने यथावत् नै राखेको छ । जसमा बचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजदर रहेको छ ।
परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।
FACEBOOK COMMENTS