काठमाडाैं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज २ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
FACEBOOK COMMENTS