कास्की । पोखरा लेकसाइडको बाराही चोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फुटाउने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एटीएम फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाललाई पक्राउ गरेको हो ।
सोमवार राति एटीएम फोरोर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयो । प्रहरीले उनको साथबाट खुकुरी बरामद गरेको छ ।
पोखरामा पछिल्लो समय निरन्तर एटीएम फुटाउने प्रयास भइरहेको डीएसपी तिवारीले बताउनुभयो । यसअघि लेखनाथको एक एटीएम फोरेर झन्डै १४ लाख रुपैयाँ चोरी भएको थियो । प्रहरीले त्यो घटनामा एक जनालाई पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS