काठमाडौँ । एनएमबी बैंक लिमिटेडले भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट काड्र्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो ।

बैंकले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको जनाएको छ । प्राप्त सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा बैंकले अघि बढाएका नवीनतम पहल र प्रयासलाई थप पुष्टि गरेको बैंकको भनाइ छ ।
बैंकले डेबिट कार्ड तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ । प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहेको जनाएको छ ।

ग्राहकहरूको विश्वास र साथका कारण प्राप्त सफलताले आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद लगायतको उपस्थिति रहेको थियो ।