काठमाडौँ । प्रतिनिधि सभाको सिट बाँडफाँडका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल मंगलबार पनि टुंगो बीनै सकिएको छ । मंगलबार बेलुकी कुनै निष्कर्ष बीन सकिएको बैठक बुधबार टुङ्ग्याउने बताएका छन् ।
मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहानैबाट पुन: छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।
FACEBOOK COMMENTS