काठमाडाैं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान शेयर बाँडफाँट गरेको हो ।
आईपिओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ । गोलाप्रथा मार्फत १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् । बाँकी १४ लाख ६ हजार ७२७ जनाकाे हात खाली भएकाे छ ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।
FACEBOOK COMMENTS