काठमाडाैं । पछिल्लाे समय विश्वबजार सहित नेपाली बजारमा विद्युतिय सवारी साधनकाे माग बढ्दै गएकाे छ । माग बढेसंगै नेपालमा विद्युतिय सवारी इम्पाेर्ट पनि ह्रात्तै बढ्काे छ ।
त्यसैगरी नेपालमा विभिन्न ब्रण्डका नयाँ-नयाँ विद्युतीय सवारीहरू नेपालमा भित्रिने क्रम जारी छ । हालसम्म दर्जन बढी ब्राण्डका २ पांग्रे विद्युतीय सवारी नेपाल भित्रिसकेका छन् ।
जसमध्य १७ वटा ब्राण्डले त नेपालमा पहिलाे पटक भएकाे नाडा इभी एक्सपाेमा आफ्नाे पर्दशनी पनि गरिसकेका छन् ।
यसरि नेपालमा लगाता भित्रिरहेका ब्राण्डबीचकाे प्रतिस्पर्धा पनि कम छैन । ग्राहक आकर्षक गर्न कम्पनीहरूले विभिन्न अफरहरूकाे पनि याेजना ल्याएका छन् ।
दशैं, तिहार लगायत चाड पर्वका लागि पनि २ पांग्रे विद्युतीय तथा स्कुटर कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गरेका छन् ।
हेराैं कुन विद्युतीय बाइक तथा स्कुटरकाे अफरमा के छ:
सेगवे:-
नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रा. लिले आगामी दशैं, तिहार र छठको अवसरमा छुट र पुरस्कारहरु उपलब्ध गराएको छ । कम्पनीले विशेषगरी साे अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि ल्याएकाे जनाएकाे छ। ‘यो दशै/तिहार सेगवेको साथ उपहार ७’ नाराका साथ कम्पनीले अफर सार्वजनिक गरेकाे हाे ।
उक्त अफर अन्तर्गत सेगवेको स्कुटर किन्दा १० हजार रूपैयाँसम्म नगद छुट पाउन सकिन्छ । यसका साथै अमाजफीट ब्याण्ड ५ वा अमाजफीट नियो ब्याण्ड जस्ता निश्चित पुरस्कारहरू जित्न पनि सकिने कम्पनीले जनाएकाे छ । साथमा निःशुल्क बीमा र सडक करका साथै लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्न सकिने छ ।
लक्की ड्र मार्फत २ जनाले किक स्कुटर एफ४०, २ जनाले स्मार्ट फोन मिइजु एम १७ र ५ जनाले अमाजफीट जीटीएस २ स्मार्ट घडी जित्न सकिने छ । साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र इएमआईको सुविधा पनि छ ।
छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो ।
नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दरीको यातायात उपकरण अपरेटर हो ।
लेभ्निङ:-
बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ ।
कम्पनीले ‘लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम अफर संचालनमा ल्याएको हो ।
यस स्किममा घरमै बसेर एसएमएस EVNEPAL1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी शोरुम गएर शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ । यसमा २ चोटी एसएम स मार्फत डबल छुट पाउन सकिने छ भने जसमा ७ हजारदेखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने कम्पनीले बताएकाे छ ।
म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको हाल एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।
सुपर सोको:-
इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि लाइफ स्टाइलले दशैंका लागि टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला गरेको छ । यो मोटरसाइकल सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहेको कम्पनी स्रोतले बताएको छ ।
सको मूल्य सिंगल व्याट्रीलाई ३ लाख ८० हजार र डवल व्याट्रीलाई ४ लाख ८० हजार रुपैयाँ पर्नेछ । यो मोटरसाइकललाई कम्पनीले सिमित संख्यामा आयत गरी कारोवार गर्दै आइरहेको छ । अहिले वुकिङ गर्दा असोज महिनाको पहिलो हप्तामा मोटरसाइकल हात पार्न सकिने छ । यो मोटरसाइकललाई शुरुमा २० प्रतिशत रकम डाउनपेमेन्ट गरी बाँकी रकमलाई किस्तावन्दि योजनामा भुक्तानी गर्ने गरी समेत लिन सकिने छ ।
टिएस स्ट्रिट हन्टरमा ६० भोल्ट २६ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री र ३ हजार ५ सय वाटको वोस्क मोटर जडान गरिएको छ । जसमध्ये सिंगल व्याट्रीले १ सय र डवल व्याट्रीले २ सय किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । व्याट्रीलाई फुल चार्ज गर्न ३ देखी ३.५ घन्टा सम्मको समय लाग्नेछ ।
वाइकमा एलइडी लाइट, एलसिडी डिजिटल डिस्प्ले, स्मार्ट रिमोट की तथा एन्टिथेफ्ट अलार्म, ठूलो आकारको वुट स्पेस, आरामदायी सिट र इन्टेलिजेन्ट लाइट सेन्सिङ टेक्नोलोजी जस्ता फिचर्स समावेश गरिएको छ ।
मोटरसाइकलको दुवै चक्कामा कम्वी व्रेकिङ विशेषता सहितको डिस्क व्रेक जडान गरिएको छ । १८० एनएम टर्क जेनेरेट गर्न सक्ने यो इलेक्ट्रिक वाइकलाई प्रतिघन्टा ७५ किलोमिटरसम्मको गतिमा हाँक्न सकिने वताइएको छ । यो मोटरसाइकललाई कम्पनीले असोज ६ देखी अयोजना हुने नाडा इभी एक्सपोसमा समेत शोकेस गर्ने जनाएको छ ।
टेल्जी:-
टेल्जी इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले दशैं-तिहार लगायत चाड पर्वका लागि विभिन्न अफर याेजना ल्याएकाे छ । कम्पनीले विशेषगरी टेल्जी टाइगर स्कुटरकाे लागि विभिन्न अफर सार्वजनिक गरेकाे हाे ।
अफर अन्तर्गत टेल्जी टाइगर स्कुटर गरिद गर्दा १० हजार रूपैयाँ सम्म छुट पाउन सकिन्छ । यसका साथै कम्पनीले फाइनान्सिङकाे पनि सुविधा पनि रहेकाे जनाएकाे छ ।
साे स्कुटर खरिदमा निःशुल्क बीमा र सडक करकाे पनि सुविधा रहेकाे छ । १०१ केजी ताैल रहेकाे साे स्कुटरमा मर्मतसम्भार नि:शुल्क सील गरिएको एजीएम ब्याट्री रहेकाे छ ।
यसका साथै साे स्कुटरमा ४ किलाेवाट पावर रहेकाे माेटर र लेड प्राेजेक्टर हेडलाइट रहेकाे छ ।
एक पटर चार्ज गर्दा १०० किलाेमिटरसम्म गुडने साे स्कुटर फुल चार्ज गर्न करिब ३ घन्डा लाग्ने कम्पनीले जनाएकाे छ ।
FACEBOOK COMMENTS