काठमाडौं । साताको पाँचौ कारोबारको दिन नेप्से परिसुचक १६ दशमलव २९ अंकले वृद्धि भएको छ ।
बिहिबार नेप्से परिसुचक १६ दशमलव २९ अंकले बढेर १८५३ दशमलव ७६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पन ३ दशमलव ८३ अंकले सुधार भएको छ ।
यस दिन बजार बढेपनि काराेबार रकम भने बढ्न सकेन । आज दिनभर भएका १४ हजार २ सय ९८ कारोबारबाट २२३ कम्पनीका १७ लाख ९१ हजर ४ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ६३ करोड २४ लाख ७ हजार ६ सय २८ पुगेको छ ।
FACEBOOK COMMENTS