एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचेस्तानमा भएको भीषण लडाइमा रिभोलुसनरी गार्डका कर्नेलसहित १९ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको सीमामा भएको हमलामा उनीहको मृत्यु भएको जनाइएको छ ।
यस महिनाको सुरुमा नैतिकता प्रहरी हिरासतमा कुर्दिश महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा फैलिएको अशान्तिको लहरसँग उक्त झडप आबद्ध छ वा छैन भन्ने बारेमा केही खुलाइएको छैन् ।
‘आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्’ क्षेत्रीय गभर्नर होसेन खियाबानीले बताए । यसअघि शुक्रबार सरकारी सञ्चार माध्यमहरुले प्रान्तीय राजधानी जाहेदानको एक प्रहरी चौकीमा बन्दुकधारीले आक्रमण गर्दा सुरक्षा बलले जवाफी फायरिङ गरेको जनाएको थियो ।
FACEBOOK COMMENTS