काठमाडौँ । दसैँको समयमा मेमे पोखरी घुम्न गएका श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छिन् । लमजुङको ऐतिहासिक पर्यटकीय मेमे पोखरी (४,८०० मिटर)को उचाइमा पर्छ।
सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । लमजुङको बेंसीसहर नगरपालिका १०, साँधुका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् ।
उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडी गोठमा आएर बसेको वि.कले बताए ।
FACEBOOK COMMENTS