काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका छन्।
३३ वर्षीय पाण्डे पेसाले सिभिल इन्जिनियर हुन्। २०७४ सालमा पनि उनले यही क्षेत्रबाट करिब ५ हजार मत पाएका थिए। विभिन्न पत्रपत्रिकाहरुमा शिक्षा, रोजगारी तथा युवाहरूबारे लेख लेख्ने पाण्डेले शिक्षाविदको परिचय समेत बनाएका छन्।
यसपटक जित्नेगरी तयारी गरेको र मतदाताले पनि विकल्प खोजेको पाण्डेको भनाइ छ।
FACEBOOK COMMENTS