काठमाडौं । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा ९क०मा नौ र प्रदेशसभा ९ख०मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०बीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा ९क०मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा ९ख०मा कांग्रेसका भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउन सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दलका साझा उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
स्थानीय तहको निर्वाचनमासमेत चुनावी तालमेल गरेका तीन राजनीतिक दलका उम्मेदवार उत्साहित देखिएका थिए । यसैबीच तीन दलीय गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिएका छन् ।
गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा ९क०मा सुवासकुमार पोखरेल र धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएको छ ।
नेकपा ९एमाले०ले प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा ९क०मा प्रदेश सदस्य पाँचकर्ण राई र प्रदेशसभा ९ख०मा रामप्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए । जनता समाजवादी पार्टी नेपाल ९जसपा०बाट प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई तथा प्रदेशसभा ९क०का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा ९ख०का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रमा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । प्रदेशसभा ९क० र प्रदेशसभा ९ख०का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ९क०मा केशव राई र प्रदेशसभा ९ख०मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ९क०मा प्रयाग राई र प्रदेशसभा ९ख०मा विमला राईले उम्मेदवारी दिएका हुन् ।
आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा ९ख०मा उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई र सर्वधन राई तथा प्रदेशसभा ९ख०का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
FACEBOOK COMMENTS