काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको आज निधन भएको छ ।
आज बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारका क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि २४ दिन अघि जोशीलार्य अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिलेसम्म पनि आइसियूमै राखेर उपचार गरिएको थियो ।
परिवार स्रोतका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको थियो।
FACEBOOK COMMENTS