उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिंगालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ ।
साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिंगालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।
बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिंगालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।
अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।
FACEBOOK COMMENTS