काठमाडौं । शनिबारमात्र सार्वजनिक भएको बीवाईडीको इलेक्ट्रिक कार एटो ३ को शोरुम काठमाडौंको नक्सालस्थित नारायणचौरमा सञ्चालनमा आएको छ ।
सोमबार नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले ‘एटो-३’ ले नक्सालमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।
शोररुमको उद्घाटन कम्पनीकाे ब्रान्डएम्बस्डर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले गरेका थिए ।
बिवाइडीको विद्युतीय गाडी एटो-३ नेपालमा शनिबार मात्र सार्वजनिक भएको हो । जसको मूल्य ८९ लाख ९० हजार तोकिएको छ । एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ ।
एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ ।
FACEBOOK COMMENTS