काठमाडाैं । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रा.लिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।
बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ। कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ। स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।
अहिलेको बजार गतिशील छ। ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन्। यसबाहेक, ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन्। यस्तो अवस्थामा बोशले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ।
नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भनेका छन्, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।’
उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं,’ उनले भने।
प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरणहरू उपभोक्ता-केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।
यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।’
उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।
नेपाली बजारमा उपलब्ध बोश ब्रान्डका उपहरणहरू यस प्रकारको छ-
१. रेफ्रिजिरेटर/फ्रिजः
नेपाली बजारमा बोशको ‘बोश म्याक्स-फ्लेक्स रेफ्रिजिरेटर’ र ‘वाटर-डिस्पेन्सर सहितको बोश फ्रस्ट-फ्री कन्भर्टिबल डबल-डोर रेफ्रिजिरेटर’ गरी दुई प्रकारको रेफ्रिजिरेटर नेपाली बजारमा उपलब्ध छन्।
२. वासिङ मेसिन र ड्रायर्सः
३. डिसवासरः
बोशको डिसवासरमा र्याकम्याटिक र होम कनेक्ट जस्ता विशेषता पाउन सकिन्छ। यी विशेषताले गर्दा थोरै समयमै धेरै काम गर्न सकिन्छ। यसमा भाडा भिजाउने,धुने/पखाल्ने र सुकाउन सहज हुने विशेषता पनि समावेश गरिएको छ। यो डिसवासरको सहायतामा मानिसको उर्जा र पानीको बचत पनि गर्छ।
४. अन्य उपकरणहरूः
बोशका हरेक उपकरणहरू राम्ररी डिजाइन गरिएका छन्। यी उपकरणहरू उपभोक्ताको जीवनशैलीमा सुधार गर्ने उद्देश्यले प्रिमियम ढंगमा डिजाइन गरिएका छन्।
बोशका केही उपकरणहरूमा ‘होम कनेक्ट’ विशेषता दिइएको छ, जसले गर्दा स्मार्टफोन वा ट्याब्लेटले उपकरणहरू व्यवस्थापन गर्न सकिन्छ। यो विशेषता उपभोग गरेपछि उपभोक्ताहरूले सजिलैसँग एकै पटकमा विभिन्न काम गर्न सक्छन्।
बिएसएस हाउसजिरेट जिएमबिएचबारेः
बिएसएच हाउसजिरेट जिएमबिएचले सन् २०२१ मा मात्रै युरो १५.६ बिलियनको कारोबार गरेको थियो। तथ्यांकअनुसार सो वर्ष कम्पनीमा कुल ६२ हजार कर्मचारीहरू कार्यरत थिए। कम्पनीको पोर्टफोलियोमा बोश, सिमेन्स, नेफ, ग्यागेनौ लगायत गरी ११ वटा ब्रान्डहरू छन्। बिएसएचले आफ्नो ४० वटा विभिन्न स्थानमा रहेको कारखानाबाट सामग्री उत्पादन गर्दैछ। कम्पनीको उत्पादन ५० भन्दा बढी राष्ट्रमा बिक्री हुँदैछ। बिएसएच बोश ग्रुपअन्तर्गतको कम्पनी हो।
लक्ष्मी ग्रुपकोबारेः
नेपाली बजारमा परिचित र प्रख्यात कम्पनी लक्ष्मी ग्रुपले विभिन्न व्यापारिक क्षेत्रमा आफ्नो प्रदर्शनी गर्दैछ। कम्पनीको विविध उत्पादन र उत्पादन क्षमताका कारण यो नेपालको सबैभन्दा भरपर्दो ब्रान्ड बन्न सफल छ।
लक्ष्मी ग्रुपसँगको सहकार्यले बिएसएचले नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने र उपभोक्ताहरूको जीवनस्तरमा सुधार गर्नेछ। बिएसएच भित्रिएसँगै नेपाली बजारमा घरेलु उपकरणहरूको उपलब्धता सहज हुनेमा लक्ष्मी ग्रुपले सुनिश्चित गरेको छ।
FACEBOOK COMMENTS