काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीमा भन्न सुहाउँछ र ? उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्नसमेत गरेका छन् ’ उनले भनेका छन् ।
प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रूपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘मेरो उम्मेदवारी सार्वजनिक रूपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त रु यस प्रसङ्गमा चिनियाँ क्रान्तिकालका प्रसिद्धा साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ- बिरालोले मुसा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनी ठानेझैँ, अन्यायी-अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरूलाई चुपचाप आदेश पालना गर भन्ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ,’
FACEBOOK COMMENTS