काठमाडौं । आईसीसी पुरुष विश्वकप अन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई हराएकाे छ । पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य दिएको थियाे । मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएकाे थियाे ।
पाकिस्तानका लागि सान मसुद र इफ्तिकर अहमेदले अर्धसतकिए इनिङ खेले । सान ४२ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहे । इफ्तिकर ३४ बलमा २ चौका र चार छक्कासहित ५१ रन बनाएर आउट भएका थिए ।
ओपनर बाबर आजम गोल्डेन डक आउट भएको थिए । मोहम्मद रिजवान ४ रनमा आउट हुँदा शहिन शाह अफ्रिदीले १६ रनको योगदान गरे । भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतको बलिङमा अर्शदीप सिंह र हार्दिक पाण्ड्याले समान तीन विकेट लिए । भुवनेश्वर कुमार र मोहम्मद सामीले एक/एक विकेट लिए ।
जवाफी ब्याटीङमा उत्तीएकाे भारतले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएकाे हाे । भारतकाे जितमा पूर्वकप्तान बिराट काेहाेलिले चमत्कारी खेल खेले । काेहाेलिले हार्ने लयमा लागेकाे भारतलाइ सम्हालेर जितसम्म पुर्याए । ५३ बल खेलेका काेहाेलीले ६ चाैका र ४ छक्काकाे मद्दतले सर्वाधिक ८२ रन बनाउन सफल भए ।
यसैगरी भारतका लागि हार्दिक पाण्डेले ३७ बलमा ४० रन बनाए । पाण्डेले एक चाैका र २ छक्काकाे मद्दतले ४० रन बनाएका हुन् । ओपनर द्वय केएल राहुल र कप्तान रोहित शर्मा समान चार चार रनमा आउट भएपछि भारतको इनिङलाई धर्मराएको थियो ।
ओपनर द्वय केएल राहुल र कप्तान रोहित शर्मा समान चार चार रनमा आउट भएपछि भारतको इनिङलाई धर्मराएको थियो । धर्मराएको इनिङलाई कोहोलिले केहि हदसम्म लयमा ल्याउन त खोजे । तर, पाकिस्तानले लगातार विकेट लिनथालेपछि कोहोलि पनि निरास बनेका थिए । जब पाण्डे आए कोहोलिलाई साथ दिन, त्यसपछि पाकिस्थानी बलरको केहि लागेन ।
पाकिस्तानी बलर हरिस रउफ र माेहम्मद नवाजले समान २/२ विकेट लिएका थिए ।
FACEBOOK COMMENTS