काठमाडौं – सिद्धार्थ बैङ्क लिमिटेडको गत आवको चौथो त्रैमासमा नाफा १ अर्ब ८५ करोड पुगेको छ ।
बैङ्कको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३३ दशमलव ८० प्रतिशतले बढेको हो ।
बैङ्कको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन मुनाफा ४२ प्रतिशतले बढेसँगै खराब कर्जा २८ करोड ४४ लाख उठाउन सफल भएपछि नाफा बढेको हो ।
। बैङ्कको खुद ब्याज आम्दानी ३ अर्ब ३४ करोड र सञ्चालन मुनाफा २ अर्ब ४९ करोड रहेको छ ।
बैङ्कको चुक्तापूँजी ८ अर्ब ४६ करोड पुगेको छ भने जगेडा कोषको रकम ८६ प्रतिशतले बढेर ४ अर्ब २७ करोड पुगेको छ ।
बैङ्कले ८४ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ ।
FACEBOOK COMMENTS