काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको गोलाप्रथाबाट बाँडफाँट गरिएको सेयरमा ६२ हजार ५ सय १९ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।
आईपीओमा १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ करोड १८ लाख ४७ हजार रूपैयाँ एक करोड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिने मध्ये १ हजार ९ सय २६ आवेदकबाट २६ हजार ४९० कित्ताको आवेदन रद्द भएको छ ।
कम्पनीले असोज २८ देखि कात्तिक २ गतेसम्मका लागि ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS