काठमाडौं,कार्तिक ६- नेपाली बजारमा सुनको मुल्य फेरी बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपियाँले बढेको हो ।
मंगलबार प्रतितोला ७० हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपियाँले बढेर प्रतितोला ७० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी तेजाबी सुन आज प्रतितोला ७० हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८५० रुपियाँमा कारोबार भएको छ । आज चाँदी मूल्य स्थिर रहेको छ ।
FACEBOOK COMMENTS