काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघटाउने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल(माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघले जानकारी दिएकाे छ ।
भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९।०३ र बचतमा न्युनतम ६।०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।
असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२।१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।
राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।
बैंकहरुसँग अहिले पनि तरलता सहज अवस्थामा नपुगेकोले ब्याजदर घटाउनेतर्फ बैंकहरुले छलफल नै नगरेको जनाइएकाे छ।
FACEBOOK COMMENTS