काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट समझौता भएको छ ।
मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो । सम्झौता अनुसार उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउटस्वरर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् ।
यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको ब्एए मयधलयिबम गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।
सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।
काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।
FACEBOOK COMMENTS