तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।
काठमाण्डौ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जित हासिल गरेकाे छ । नेपालले आसिफ सेख र ज्ञानेन्द्र मल्लकाे अर्धशतकीय पारीले सहज जित हासिल गरेकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । हजरत विलालले अविजित २० रन बनाए ।
यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए ।
नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रुपमा छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।
जितका लागि १७७ रनकाे लक्ष्य पुरा गर्न मैदानमा उत्रिएकाे नेपालले ६ विकेटले जित हासिल गर्याे । नेपालले ५९ बल बाँकी हुँदै जित हासिल गरेकाे हाे ।
नेपालकाे जितमा सेख र मल्लकाे ब्याटिंग उत्कृष्ट रह्रयाे ।
११९ बलमा १२ वटा चाैका प्रहार गरेकाे सेखले ८८ रन बनाएर आउट भए । त्यसैगरी ७३ बल खेलेका मल्लले ७ चाैका र ३ छक्काकाे मद्दतले ६४ रन बनाएर पेविलियन फर्किए ।
त्यसैगरी कप्तान राेहित पाैडेलले १० र आेपनर अर्जुन साउदले ९ रन बनाए ।
नेलालले ४०.१ अाेभरमा ४ विकेट गुमाएर १८० रन बनाएकाे हाे । युएइका हजराज बिलाल र जहुर खानले समान १/१ विकेट लिए ।
तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।
FACEBOOK COMMENTS