ताप्लेजुङ । ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई २०४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् ।
बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।
उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
FACEBOOK COMMENTS