काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् ।
उनले सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई चकित पार्दै जित हासिल गरेका हुन् । सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय(डिना) ले २५ हजार ४३४ मत प्राप्त गरिन् ।
सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।
लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए ।
FACEBOOK COMMENTS