काठमाडौं । शेयर बजार आज भने सामान्य रुपमा सुधार भएको छ । साताको चौथो दिन नेप्से परिसुचक ११.५६ अंकले बढेको छ ।
बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ६० प्रतिशतले वृद्धि भई १९३३.५५ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२ अंकले उकालो लागेको छ ।
आज दिनभर भएका १८ हजार ४ सय ९५ कारोबारबाट २३२ कम्पनीका २५ लाख ६९ हजार २ सय २९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार ३८० पुगेको छ ।
FACEBOOK COMMENTS