काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न भएको सभाबाट विभिन्न प्रस्तावहरु पारित भएको छ ।
उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५.७८९५% दरले हुन आउने रु. १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी आ.वं २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।
नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी रु. १४९.७६ अर्ब गरिसकेको र जीवन बीमाकोषमा रु. १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको जानकारी गराएको छ ।
साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS