काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबिच प्रतिस्पर्धा भइरहेको छ ।
खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरले ८१औँ मिनेटमा निर्णायक गोल गरे ।
FACEBOOK COMMENTS