काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडकोे सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ
।
सोमबार सभाले कम्पनीको आ.ब. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको जनाएको छ ।
उक्त साधारणसभाले आ.व. २०७९÷८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS