काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस र १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिए पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS