काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २४२ रुपैयाँ १२ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २५१ रुपैयाँ ८० पैसा थियो ।
बैंकले पुस ७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
सभामा लाभांश, मर्जर, लगायतका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
१००:९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् । अर्थात् मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर पाउने छन् ।
FACEBOOK COMMENTS