काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा।उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंकको मङ्सिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा।उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्तरराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसकेका भएका डा।महतो ‘गैर आवासीय नेपाली संघ’का संस्थापक अध्यक्ष समेत छन् ।
FACEBOOK COMMENTS