काठमाण्डौँ – एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।
त्यही क्रममा बैंकले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा सोह्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लज्यूको उपस्थितिमा सम्पन्न भयो ।
त्यस शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
FACEBOOK COMMENTS