काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई २०७८/०७९ को नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले ११ औं साधारणसभा पुष २६ गते गर्ने निर्णय गरेको छ । भने कम्पनीको बुक क्लोज पुष १४ गते गर्ने जनाएको छ ।
कम्पनीले घोषणा लाभांश नेपाल सरकारको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने छ ।
FACEBOOK COMMENTS