काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को ४ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिकाे बारेमा मासिक रिपाेर्ट सार्वजनिक गरेकाे छ ।
देशकाे केन्द्रिय बैंक समेत रहेकाे राष्ट्र बैंकले जारी गरेकाे तथ्यांक अनुसार देशका महँगी, सरकारको खर्च लगतयतकाे सूचांकहरू निरासजनक छ ।
त्यसैगरी विदेशी विनिमय सञ्चितिमा भने अघिल्लाे महिनाकाे तुलनामा केहि सुधार भएकाे देखिन्छ । देशमा भित्रनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेकाे देख्न सकिन्छ ।
हेराैं देशकाे वर्तमान अवस्थाकाे आर्थिक सूचकहरू:
~ वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ ।
~ आयात १८.१ प्रतिशतले, निर्यात ३३.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।
~ विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ ।
~ शोधनान्तर स्थिति रु. २० अर्ब ३ करोडले बचतमा रहेको छ ।
~ कुल विदेशी विनिमय सञ्चिति रु.१२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड रहेको छ ।
~ संघीय सरकारको खर्च रु.३५१ अर्बर राजस्व परिचालन रु.२६८ अर्ब ७ करोड रहेकोछ ।
~ विस्तृत मुद्राप्रदाय १ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।
~ बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ ।
~ वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत रहेको छ ।
याे पनि:
रेमिट्यान्स २०% र वैदेशिक राेजगारीमा जानेकाे संख्या १०२% ले वृद्धि
कार्तिकमा बढ्यो विदेशी विनिमय सञ्चिति, ९.७ महिनाको आयात धान्न पुग्ने
यस्ताे छ देशको पछिल्लो समयकाे आर्थिक अवस्था
FACEBOOK COMMENTS