काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को चार महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार रु.३५१ अर्ब भएको छ ।
समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.२८१ अर्ब ३९ करोड, रु.२६ अर्ब ३० करोड र रु.४३ अर्ब ३१ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) रु.२६८ अर्ब ७ करोड भएको छ भने राजस्व तर्फ रु.२४५ अर्ब ७९ करोड र गैर कर राजस्व तर्फ रु.२२ अर्ब २८ करोड परिचालन भएको छ।
२०७९ असोज मसान्तमा केन्द्रिय बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१८२ अर्ब ८४ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात
रु.२२७ अर्ब ६९ करोड रहेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.२७ अर्ब ७५ करोड रहेको छ भने स्रोत परिचालन रु.४३ अर्ब ५२ करोड रहेको छ । यसमध्ये संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.३० अर्ब ५ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.१३ अर्ब ४७ करोड रहेको केन्द्रिय बैंककाे तथ्यांकका उल्लेख छ।
याे पनि
यस्ताे छ देशको पछिल्लो समयकाे आर्थिक तथा वित्तीय अवस्था
FACEBOOK COMMENTS