काठमाडौं ।अटोमोवाइल व्यवसायीहरुलाई आन्दोलन स्थगित गर्न अर्थमन्त्री पौडेलले जोड दिएका छन् ।
अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिदै व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न शुक्रबार नाडाका अध्यक्ष धुर्वथापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रीपौडेलले उक्त कुरा बताएका हुन् ।
उनले भने, मैलै अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको छु भन्दै अटोमोवाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको छ।
सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण पहिल्यैदेखि प्रताडित भएको अटोमोवाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पु¥याएको कारण ब्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए ।
सोही क्रममा अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्न माग गरेको छ ।
बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्र रेसियो को हालको सिमा ५० प्रतिशतबाट वृद्विगरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई बर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गर्नु गरेका थिए ।
सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्य, निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS