काठमाडौँ । बैंक अफ काठमाण्डुले संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरको नाममा रहेको संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
बैंकले भाटभटेनी सुपर मार्केटको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता रु दुईसयका दरले विक्रि गर्ने जनाएको छ । उक्त संस्थापक शेयरहरु बिक्रि गर्दा बैंकको बहालवाला संस्थापक शेयरधनीलाई पहिलो प्राथमिक्ता दिनुपर्ने बैंकले जनाएको छ । उक्त संस्थापक शेयर खरिद गर्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यलयमा सम्पर्क गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS