काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताएकी छिन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजी निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । “साना, लघु तथा घरेलु उद्योगलाई प्रवद्र्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवद्र्धनमा जोड दिइनुपर्ने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाईसमेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताए । बैंक तथा वित्तीय संस्थाको पूँजी परिचालनबाट आर्थिक विकास र रोगजारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS