काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेर प्रतितोला एक लाख तीन हजार ९०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो । यसअघि भने एक तोला सुनको मूल्य एक लाख तीन हजार ४०० रुपैयाँ रहेको थियो । त्यस्तै, यसअघि प्रतितोला एक लाख दुई हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज एक लाख तीन हजार ४०० रुपैयाँ तोकिएको छ । यता, चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ ।
यसअघि प्रतितोला एक हजार ३६० रुपैयाँ रहेको चाँदीलाई आज एक हजार ३६५ रुपैयाँ पर्नेछ ।
FACEBOOK COMMENTS