काठमाडौं । आइतबार बिहान पोखराको सेती नदि खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत भएको छ ।
गण्डकी अस्पतालका अनुसार अहिलेसम्म १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।
नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । ११ वटै शव गण्डकी अस्पतालमा राखिएको छ ।अस्पताल प्रशासनका अनुसार सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सोना दिवाकर, १० महिनाका रियान पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अदाकत अलिमिया, अरुण पौडेल र पूर्णकुमार गुरुङ रहेका छन् ।
यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।
FACEBOOK COMMENTS