काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।
बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । जसमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस रहेको छ ।
पुस ३० गते पोखरामा बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु परित गरेको छ ।
बैंकका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS