काठमाडौँ । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआई र ताइवानको सेन्डमार्टिन होल्डिङ लिमिटेडबीच व्यापारिक सम्झौता भएको छ ।
नेपाली बजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यस कम्पनीले थप गुणस्तरीय विक्रीवितरणका लागि सेन्डमार्टिनसँग सम्झौता गरेको हो । डिएचआइले पछिल्लो समय नेपालमा आफ्नो व्यवसायको विस्तारसँगै गुणस्तरीय टेक्नोलोजी भित्र्याउन सफल भएको छ । सोही अनुरुप यसले आफ्नो व्यवसायलाई थप विस्तार गर्न गुणस्तरीय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्दै आएको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजि पार्टनरको रुपमा भित्राउन डिएचआई सफल भएको हो ।
यस सम्झौतापश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विधुतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।
FACEBOOK COMMENTS