दोहा, ०९ मंसिर – कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् ।
विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम पाएका हुन् ।
२००८ मा कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका राई अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । कार्पेन्टर, स्टिल फिक्स्चर, मेसनको काममा पनि राई सिपालु भएका छन् ।
नासर अल अली इन्टरप्राइसेसमा काम गरेर नै आफूले पुर्व झापामा जग्गा जोडेको राई बताउँछन् । ईनाम पाएर खुशी भएका उनले, आफुले पाएको रकम छोराको पढाईमा खर्च गर्ने बताएका छन् । साथै, राईले कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएको बताउदै उनले सबै कामदारहरुसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्दै आएको ख्लासा गरे ।
आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुसँग मित्रवत व्यवहार गर्ने गरेको राईको भनाई छ ।
लगनशिल, कर्तव्यनिष्ठ र इमान्दार भई काम गर्ने आफना कामदारहरुलाई समयसमयमा प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार दिएर कामदारहरुको हौसला र मनोवल बढाउदै आइरहेका कम्पनीका मालिक नासर अल अलीले आफना कम्पनीमा कार्यरत् नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका २५ जना कामदारहरुलाई भर्खरै मात्र पनि ५ -५ ग्रामको सुनको सिक्का इनाम स्वरुप प्रदान गरेको पनि उनले जनाए ।
FACEBOOK COMMENTS