काठमाडौं,मंसिर १३- ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघु वित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता रु.१ सय को दरले हुने कुल रकम रु.६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।
गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ ।
एक्विजिसन पश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको छ । हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात्जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।
FACEBOOK COMMENTS