काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले सोमबार आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
बिदाको दिन पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS