काठमाडौँ । नेपाल रक्षा मञ्चको धनुषा जिल्ला संयोजकमा मुन्जय राउत चयन भएका छन् ।
मञ्चका राष्ट्रिय अध्यक्ष हरिचरण शाहको अध्यक्षतामा सोमबार जनकपुरमा एक कार्यक्रमका बिच जिल्ला संयोजकमा राउतलाई चयन गरिएको हो । नेपाली संस्कृति, सम्पदा, सिमा, धर्म लगायत नेपालकाको सम्पूर्ण क्षेत्रको रक्षाका लागि रक्षा मञ्चको विस्तार गरिएको राष्ट्रिय अध्यक्ष शाहले जानकारी दिए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विवधताले भरीपूर्ण समाजको रक्षाका लागी अग्रसर रहेको र देशभर मञ्चको विस्तार गर्दै लैजाले राउतले बताए ।
FACEBOOK COMMENTS